नियम ७
नेपाली सेनाको साधारण सेवाका विभिन्न पदमा नियुक्ति हुनुनका लागि आवश्यक योग्यता
(१) खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने नेपाली सेनाको साधारण सेवाका देहायका पदमा नियुक्ति हुन देहायको योग्यता पुगेको हुनु पर्नेछः-
(क) अधिकृत क्याडेटका लागि,–
(१) नेपाली नागरिक,
(२) कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको,
(३) प्रमाणपत्र तह उत्तीर्ण गर्नेको हकमा दरखास्त दर्ता गर्ने अन्तिम मितिसम्म अठार वर्ष उमेर पूरा भई एक्काईस
वर्ष ननाघेको र स्नातक तह उत्तीर्ण गर्नेको हकमा अठार वर्ष उमेर पूरा भई चौबीस वर्ष ननाघेको, तर कम्तीमा दुई वर्षको सेवा अवधि पूरा गरी सैनिक आधारभूत तालिम गरेका बहालवाला सैनिकको हकमा दरखास्त दिने अन्तिम मितिसम्म छब्बीस वर्ष ननाघेको हुनु पर्नेछ ।
(४) पुरुषको हकमा कम्तीमा पाँच फिट तीन इन्च र महिलाको हकमा कम्तीमा पाँच फिट उचाई भएको,
(५) पुरुषको हकमा छाती नफुलाउँदा बत्तीस इन्च र फुलाउँदा चौतीस इन्च भएको,
(६) पुरुषको हकमा कम्तीमा पचास किलोग्राम (एकशय दश पौण्ड) र महिलाको हकमा चालीस किलोग्राम (अठासी
पौण्ड) तौल भएको,
(७) स्वास्थ्य परीक्षणबाट योग्य ठहरिएको,
(८) आँखा माइनस दुई वा प्लस दुईभन्दा बढी कमजोर नभएको,
(९) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको,
(१०) तत्काल कुनै राजनैतिक दलको सदस्य नरहेको,
(११) कुनै अपराधिक गतिविधिमा संलग्न नभएको वा नरहेको,
(१२) कुनै ध्वंसात्मक उद्देश्य भएको संस्थाको सदस्य नभएको वा नरहेको,
(१३) नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको,
(१४) मानव अधिकार र मानवीय कानूनको उल्लंघनमा सजाय नपाएको,
(१५) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको,
(१६) बहालवाला सैनिक व्यक्ति वाहेक अन्यको हकमा अविवाहित ।
(ख) सिपाहीका लागि,–
(१) दरखास्त दर्ता गर्ने अन्तिम मितिसम्म अठार वर्ष उमेर पूरा भई बाईस वर्ष ननाघेको, तर फलोअर्स पदमा कार्यरत सैनिक व्यक्तिको हकमा छब्बीस वर्ष ननाघेको व्यक्ति समेत उम्मेदवार हुन सक्नेछ ।
(२) आठ कक्षा उत्तीर्ण गरेको,
(३) पुरुषको हकमा कम्तीमा पाँच फिट तीन इन्च र महिलाको हकमा कम्तीमा पाँच फिट उचाई भएको,
(४) पुरुषको हकमा पचास किलोग्राम (एकशय दश पौण्ड) र महिलाको हकमा चालीस किलोग्राम (अठासी पौण्ड) तौल भएको,
(५) खण्ड (क) को उपखण्ड (१), (५), (७), (८), (९), (१०), (११), (१२), (१३), (१४), (१५) र (१६) मा उल्लेख भएको योग्यता पूरा भएको ।
(६) विभिन्न टेडको (सेवा समूह) लागि आवश्यक : थप योग्यता मन्त्रालयको स्वीकृतिमा निर्घारण गरे बमोजिम हने
(ग) फलोअर्सका लागि,–
(१) दरखास्त दर्ता गर्ने अन्तिम मितिसम्म अठार वर्ष उमैर पूरा भई छब्बीस वर्ष ननाघेको
(२) साधारण लेखपढ गर्न जानेको,
(३) पुरुषको हकमा छाती नफुलाउँदा तीस इन्च र फुलाउँदा बत्तीस इन्च भएको,
(४) पुरुषको हकमा कम्तीमा पाँच फिट दुई इन्च र महिलाको हकमा चार फिट दश ईन्च उचाई भएको,
(५) खण्ड (क) को उपखण्ड (१), (६), (७), (८), (९), (१०), (११), (१२), (१३), (१४), (१५) र (१६) मा उल्लेख भएको योग्यता पूरा भएको ।
(२) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली सेनामा बहाल रहेका पदिक तथा हुद्दा पदको सैनिक व्यक्ति आन्तरिक प्रतियोगिताबाट अधिकृत क्याडेटमा छनौट हुन देहायको योग्यता पुगेको हुनु पर्नेछः-
(क) पदिक अधिकृत क्याडेटका लागि प्रवेशिका परीक्षा वा आर्मी फष्ट क्लास र बिल्लादार ग्रेड दुई तालिम गरेको,
(ख) हुद्दा अधिकृत क्याडेटका लागि प्रविणता प्रमाणपत्र तह वा दश जोड दुई वा सो सरह उत्तीर्ण र बिल्लादार ग्रेड दुई तालिम गरेको र
(ग) सात वर्ष सेवा अवधि पूरा गरेको ।
(३) उपनियम 1१) को खण्ड (क) मा जुत्तसुकै कुरा लेखिएको अए तापनि नेपाली सैनामा बहाल रहेका पदिक तथा हुद्दा पदको सैनिक व्यक्ति आन्तरिक प्रतियोगिताबाट अधिकृत क्याडेटमा छनौटको लागि बढीमा तीन पटकमात्र प्रतिष्पघामा भाग लिन पाउनेछ ।